संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, भदौ ३– राष्ट्रिय स्वतन्त्र पार्टीले दोधारा चाँदनी नगरपालिका–१ मा वडा समिति गठन गरेको छ। मंगलबार सम्पन्न कार्यक्रममा नरेन्द्र प्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरिएको हो।

समिति गठन कार्यक्रममा नगर अध्यक्ष पुरन कुमालसहित करिब ६० जनाको उपस्थिति थियो। नयाँ नेतृत्व चयन गर्दै अध्यक्ष कुमालले आगामी दिनमा नगरपालिकाका सबै १० वडामा समिति विस्तार गरी संगठनलाई मजबुत बनाइने जानकारी दिए। “अबको नेतृत्व युवा पुस्ताले पाउनुपर्छ। नगरलाई भ्रष्टाचारमुक्त बनाउनु हाम्रो प्रमुख लक्ष्य हो। आगामी चुनावमा पार्टीको प्रभावलाई सशक्त बनाउन आवश्यक छ,” उनले भने।

नव निर्वाचित वडा सभापति नरेन्द्र प्रसाद भट्टले आफूलाई प्राप्त जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै वडास्तरीय गतिविधि निरन्तर सञ्चालन गर्ने बताए। उनले पार्टीलाई सक्रिय बनाउने र नागरिक सरोकारका विषयमा जनस्तरबाट आवाज उठाउने संकल्प व्यक्त गरे।

समिति गठनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले दोधारा चाँदनीमा संगठन विस्तारमा नयाँ गति लिएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech