संवेग न्यूज
ट्रेण्डिङ

महेन्द्रनगर/ भीमदत्त नगरपालिका–४ की गोमती देवी गिरी जीवित रहँदै, उनका आफ्नै श्रीमानले वडा कार्यालयमा झूटो विवरण पेस गरी मृत्यु दर्ता गराएका छन् । यसै फर्जी मृत्यु दर्तालाई आधार बनाएर उनले श्रीमतीको नाममा रहेको सम्पत्ति आफ्नो नाममा सारेर दोस्रो विवाह समेत गरेको खुलासा भएको छ। पीडित गोमती देवी गिरीका अनुसार, आफू पूर्ण रूपमा स्वस्थ र जीवित रहँदा समेत उनको नाममा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिनु अत्यन्तै आपत्तिजनक र गैरकानुनी कार्य हो । उनले यो घटनामा श्रीमानसँगै संलग्न सम्भावित अन्य व्यक्तिहरूको समेत छानबिन हुनुपर्ने माग गरेकी छन्। कानुनविद्हरूका अनुसार, यस घटनामा ठगी, सार्वजनिक कागजातमा जालसाजी, सम्पत्ति हिनामिना, र विवाह ऐन उल्लङ्घन जस्ता गम्भीर कानुनी अपराधहरू लाग्छन्। पीडित पक्षले अहिले वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दर्ता गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech