संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक गंगा जोशीको नेतृत्वमा पछिल्ला तीन आर्थिक वर्षमा ८६ वटा विवाद मेलमिलापमार्फत समाधान भएका छन्। समितिमा दर्ता भएका १४३ मुद्दामध्ये छलफल, मेलमिलाप र पारस्परिक समझदारीका आधारमा यी मुद्दा फर्छ्यौट भएका हुन्। बाँकी ४४ मुद्दा हाल प्रक्रियामा रहेका छन्।

उपमेयर जोशीका अनुसार, स्थानीय तहमै विवाद समाधानको व्यवस्था हुँदा अदालत धाउनुपर्ने झन्झटबाट सर्वसाधारण मुक्त हुन थालेका छन्।

“निर्वाचित भएर आएका बेला हामी घरमै गएर मेलमिलाप गरेका थियौं,” उपमेयर जोशीले भनिन्, “अदालतले सुल्झाउन नसकेका कतिपय मुद्दा पनि हामीले पालिकामै समाधान गरेका छौं।”

उनका अनुसार, आर्थिक वर्ष २०७९/८० मा ५३ मुद्दा दर्ता भई ४० फर्छ्यौट भएका थिए। २०८०/८१ मा दर्ता भएका ४७ मध्ये २८ वटा मेलमिलापबाट समाधान भए। चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ४३ मुद्दा दर्ता भएका छन्, जसमध्ये १८ फर्छ्यौट भइसकेका छन् भने १६ अझै प्रक्रियामा छन्।

उपमेयर जोशीका अनुसार बाँकी विवाद समाधानमा ढिलाइ हुनुमा सम्बन्धित व्यक्ति नै नआउनु, भारत गएका कारण सम्पर्क नहुनुजस्ता कारण देखिएको छ।

“समस्या आएपछि दुबै पक्ष मिलेर खुसीसाथ फर्किनु नै हाम्रो सफलता हो,” उनले भनिन्, “हामी निरन्तर अनुगमन पनि गरिरहेका छौं।”

स्थानीय स्तरमै विवाद टुंगिँदा समय र खर्च बचत भएको अनुभव स्थानीयहरूले गरेका छन्। एक स्थानीय बासिन्दाले भने, “अब अदालत जानुपर्दैन भन्ने आश्वस्ति भएको छ, पालिकामै समाधान हुने विश्वास बढेको छ।”

न्यायिक समितिमा आएका मुद्दाहरूमा लेनदेन, ज्यालादारी, घरायसी झगडा, घरेलु हिंसा, बाटो विवाद, अंशबन्डा, सादिआली सरेको र नागरिकता सम्बन्धी विविध प्रकृतिका विषयहरू रहेका छन्।

गंगा जोशीको नेतृत्वमा न्यायिक समितिले न्यायिक संयन्त्रको भरपर्दो विकल्पका रूपमा आफूलाई स्थापित गर्दै लगेको देखिन्छ। “हामी निष्पक्ष र न्यायसंगत ढंगले समस्या समाधानमा जुटिरहेका छौं,” जोशीले भनिन्, “स्थानीय तहको न्याय प्रणालीलाई अझ प्रभावकारी बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ।”

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech