संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, साउन १८ — हिजो शनिबार कुखुरा पालन व्यवसायलाई थप व्यवस्थित र वैज्ञानिक ढंगले विस्तार गर्न उद्देश्यसाथ दोधारा चाँदनीमा किसान भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। एम.डि.एच. फर्मास्युटिकल्स प्रा.लि.को आयोजनामा वडानं. २ को कार्यालय हलमा भएको कार्यक्रममा ४५ जना स्थानीय कुखुरा व्यवसायीहरू सहभागी भएका थिए।

कार्यक्रममा प्रशिक्षक राजु भट्टले कुखुराको दैनिक स्याहार–सुसारदेखि लिएर खुराक व्यवस्थापन, उमेरअनुसार आवश्यक पर्ने भिटामिन तथा खोपका प्रकार, जैविक सुरक्षा कायम राख्ने उपायहरूसम्मका विविध पक्षमा जानकारी प्रस्तुत गरे। सर्प, माकुरा, किरा जस्ता प्राकृतिक जोखिमबाट सुरक्षाका उपायहरूबारे पनि व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

यस्तै, भेटनरी विशेषज्ञ डा. राज कठायतले Biosecurity products, anthelmintics, antibiotics, coccidiostats, growth promoters, feed supplements, toxin binders लगायतका औषधि र उत्पादनहरूको परिचय र प्रयोग विधिबारे गहिरो प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कम लागतमा उच्च उत्पादन ल्याउने रणनीतिमा पनि जोड दिइएको थियो। प्रशिक्षणको मुख्य समन्वय कैलपाल एग्रोभेटका सञ्चालक अर्जुन ठगुन्नाले गरेका थिए।

यस अवसरमा दोधारा चाँदनी नगरपालिकाको कृषि शाखा प्रमुख, भेटनरी डाक्टर , र स्थानीय भेटनरी अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। सहभागी किसानहरूले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech