संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी–७ कञ्चंभोजमा आइतबार भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

UK03 A1462 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोक्किँदा दोधारा चाँदनी–६ का तारा थापाको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक दोधारा चाँदनी–७ का २८ वर्षीय सत्यम ठाकुर गम्भीर घाइते भएका छन्।

दुर्घटनापछि दुवै जनालाई तत्काल दोधारा चाँदनी नगर अस्पताल पुर्‍याइएको थियो। अस्पतालले तारा थापालाई मृत घोषित गरेको हो भने गम्भीर अवस्थाका ठाकुरलाई थप उपचारका लागि भारतको खटिमा रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको दोधारा चाँदनी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech