संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, दोधारा चाँदनी – दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ स्थित सुन्दरनगरको खेलमैदानमा दोस्रो पटक ९ साइड फुटबल प्रतियोगिता सुरु भएको छ। श्री ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रका युवाहरूको आयोजनामा मङ्गलबार सुरु भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ८ का वडा सदस्य भरत नेपालीले गर्नु भएको हो।
“राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेल” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको यो प्रतियोगिता श्री ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रको आयोजनामा भइरहेको हो। स्थानीय स्तरमै युवाहरूको नेतृत्वमा आयोजना गरिएको यस प्रतियोगिताले स्वास्थ्य, एकता र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
प्रतियोगितामा मुख्य निर्णायकको रूपमा सुरज गुरुङ र अरुण गुरुङ रहेका छन् भने लाइनम्यानका रूपमा सुदिप थापा मगर र पारस सुनार रहेका छन्।

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी श्री ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रका करन पचभैया मगर र टेकबहादुर खड्काले लिएका छन्।

स्थानीय युवाको सक्रियता र प्रतिबद्धता देख्दा समुदायमै खेलकुदको भविष्य उज्यालो देखिएको छ। खेलका आयोजक करन पचभैया मगरले प्रतिस्पर्धी खेललाई नियमित परम्परा बनाउँदै लैजाने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech