संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल दोधारा चाँदनी नगरपालिकामा नयाँ नगर कार्यसमिति चयन गरिएको छ। बुधबार सम्पन्न अधिवेशनबाट सन्दीप काजी बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

कार्यक्रममा नेपाल तरुण दल कञ्चनपुरका जिल्ला सभापति महेश चन्द प्रमुख अतिथि थिए। उनले नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एकढिक्का भएर अघि बढ्न आग्रह गरे। “समय आएमा पार्टी र लोकतन्त्रको रक्षाका लागि मैदानमा ओर्लिनुपर्ने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ,” सभापति चन्दले भने।

नवनिर्वाचित नगर अध्यक्ष बस्नेतले संगठनलाई गाउँ–गाउँमा विस्तार गर्ने, युवालाई सक्रिय बनाउने तथा स्थानीय समस्यामा तरुण दलको भूमिका प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे। “पार्टीले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्छु,” उनले भने।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, युवाहरू तथा भातृ संगठनका प्रतिनिधिको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा सहभागीहरुले नयाँ नेतृत्वप्रति उत्साह व्यक्त गर्दै संगठनलाई थप सशक्त बनाउने अपेक्षा व्यक्त गरे।

नेपाल तरुण दल दोधारा चाँदनी नगर कार्यसमिति (नव-निर्वाचित):

  • अध्यक्ष: सन्दीप काजी बस्नेत
  • सचिव: देवेन्द्र सिंह भण्डारी
  • सह-सचिव: सुदिप शुनार
  • सह-सचिव: लक्ष्मी भट्ट
  • कोषाध्यक्ष: निर्मला सुनार

सदस्यहरू:

  1. गौरव सिंह साउँद
  2. दिपक दमाई
  3. शिवा रावत
  4. हेमा धामी
  5. राजेन्द्र चन्द
  6. हरी गिरी
  7. दिपक थापा
  8. राजेश पुजारा

नवगठित समितिसँगै संगठनले स्थानीय तहमा राजनीतिक जागरण, युवाको सहभागिता र सामाजिक उत्तरदायित्वमा थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।

नेपाल तरुण दल दोधारा चाँदनीको नयाँ नगर कार्यसमिति चयन, सन्दीप बस्नेत अध्यक्षमा निर्वाचित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech