संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, साउन १ –
दोधारा चाँदनी नगरपालिका–८ वडा कार्यालयको आयोजनामा आज आयोजित विशेष कार्यक्रमका बीच श्री जनज्योति माध्यमिक विद्यालय र सो विद्यालयमा कार्यरत शिक्षकहरूलाई सम्मान गरिएको छ।

शैक्षिक सत्र २०७९ मा कक्षा ८ (आधारभूत तह) तथा कक्षा १० (एस.ई.ई.) परीक्षामा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गरी नगरको शैक्षिक प्रतिष्ठामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै विद्यालय परिवारलाई सम्मान–पत्र प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख किशोर कुमार लिम्बुविशिष्ट अतिथि नगर उपप्रमुख गंगा देवी जोशी रहनुभएको थियो। उहाँहरूले विद्यालयको अनुकरणीय शैक्षिक योगदानप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गर्नुभयो।

वडा अध्यक्ष ओम प्रकाश रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकहरूको लगनशीलता, समर्पण र शिक्षण पद्धतिको खुलेर प्रशंसा गरिएको थियो। उहाँले वडा कार्यालय शिक्षा क्षेत्रको सशक्तीकरणका लागि निरन्तर साथमा रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा बिधार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा समुदायका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो सम्मानले विद्यालयको मनोबल वृद्धि गर्नुका साथै नगर क्षेत्रभित्रका अन्य शिक्षण संस्थाहरूलाई पनि गुणस्तरीय शिक्षातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech