संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–१० ले मंगलबार नयाँ एम्बुलेन्स प्राप्त गरेको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय दूतावासले उपहारस्वरूप प्रदान गरेको उक्त एम्बुलेन्स एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाले वडा नं. १० मा हस्तान्तरण गरेको हो।

कार्यक्रममा नगर उपप्रमुख गङ्गा जोशीले वडाध्यक्ष चन्द्र बहादुर सिंहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिन्। उपप्रमुख जोशीले वडा नं. १० बाढी प्रभावित र नगर अस्पतालबाट टाढा भएकाले एम्बुलेन्सको खाँचो विशेष रहेको बताइन्। उनले भनिन्, “यो सेवाले स्थानीयको स्वास्थ्य पहुँचमा ठूलो योगदान पुर्‍याउनेछ।”

वडाध्यक्ष सिंहले गृहमन्त्री रमेश लेखकको विशेष पहलमा एम्बुलेन्स उपलब्ध भएको भन्दै आभार प्रकट गरे। “वडा नं. १० को स्वास्थ्य क्षेत्रमा यस सेवाबाट थप टेवा पुग्ने पूर्ण आशा लिएको छु,” उनले भने।

नगर स्वास्थ्य केन्द्र वडा–१० का प्रमुख अहेब महेश तिवारीले बाढी प्रभावित क्षेत्रका लागि एम्बुलेन्स अत्यावश्यक भएको उल्लेख गर्दै, “अब आकस्मिक अवस्थामा रात–बिरात पनि अस्पताल जान सहज हुनेछ,” भन्दै खुसी व्यक्त गरे।

नयाँ एम्बुलेन्स आगमनसँगै स्थानीय बासिन्दामा उत्साह छाएको छ। उनीहरूले आकस्मिक स्वास्थ्य सेवा अब सहज र समयमै पाउने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech