संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, 2082 असार 15 — दोधारा चाँदनी नगरपालिका–७ मा अवस्थित ओम पुष्पाञ्जलि इंग्लिश स्कूलकी छात्रा जसमिन अधिकारी ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा ३.९५ GPA हासिल गर्दै नगर क्षेत्रमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थी बन्ने गौरव हासिल गरेकी छिन्।

त्यस्तै, सोही विद्यालयका जयराज सुनार ले ३.६४ GPA र गिता बिष्ट ले ३.६२ GPA ल्याउँदै उल्लेखनीय सफलता प्राप्त गरेका छन्। विद्यालयबाट सहभागी ४३ जना विद्यार्थीहरूमध्ये २८ जना ले उत्कृष्ट GPA हासिल गरेका छन्, जुन विद्यालयका लागि महत्वपूर्ण उपलब्धि हो।

विद्यालयका निर्देशक ओम बहादुर पुन मगर ले सम्पूर्ण परीक्षार्थीहरूलाई ओम पुष्पाञ्जलि परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै जसमिनको सफलताले विद्यालयको शैक्षिक प्रतिबद्धता र गुणस्तरलाई थप उचाइमा पुर्‍याएको बताएका छन्।

हरेक वर्ष नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयले आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै यस्तै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यमा दृढ रहेको जनाएको छ। जसमिन अधिकारीको सफलताले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech