संवेग न्यूज
ट्रेण्डिङ

महेन्द्रनगर । बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई धीरबहादुर चन्दलाई लछारपछार गर्दैै कुटपिट गरिएको भिडियो सामाजिक सञ्जामाल भाइरल भएको छ ।

केही दिन अघि प्रहरी चौकी अगाडि चन्दमाथि स्थानीयको समूहलेले हातपात र कुटपिट गरेको भिडियोमा देखिएको छ । असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरी फलामको खम्बा बाँध्ने प्रयास समेत गरि रहेको भिडियोमा देखिएको छ ।

भारतीय सीमावर्ती सहरबाट मलखाद बोकेर ल्याएकी स्थानीय महिलासित विवादपछि स्थानीय असई चन्दमाथि हातपात र कुटपिट गरेका छन् ।

असईमाथि कुटपिटपछि इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज नेतृत्वको टोली पहुँच आएको थियो । प्रहरी टोलीले असई र कुटपिटमा संलग्न स्थानीयबीच छलफल गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डिएसपी सागर बोहराले कुटपिटमा संलग्न विरुद्ध कानुनी कारबाही गरिएको बताए ।

उनले घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली पठाइएको पनि बताए। ‘मलको विषयमा विवाद भएको जानकारी आएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech