संवेग न्यूज
ट्रेण्डिङ

भुपेन्द्र ओली

कञ्चनपुरको दोधारा चाँदनी–८ मा जन्मिएका थिए दान बहादुर सुनार, एउटा सामान्य तर गरिब परिवारमा बि.स. २०४८ सालको माघ महिनाको चिसो बिहान थियो, जब उनको जन्म भयो। कसैले सोचेकै थिएन, त्यो सानो बच्चाको जीवनले एक दिन यति ठूलो संघर्षको बाटो समाउनेछ। उनी दुई वर्षको हुँदा पोलियोले उनको शरीरमा प्रहार गर्‍यो — हातखुट्टा चल्नै नसक्ने भए। त्यो दिनदेखि उनको जीवनले अपांगताको नाममा एउटा नयाँ यात्रा सुरु गर्‍यो।

बाल्यकाल भन्नुस्, त्यो त उनीका लागि कहिल्यै ‘बालापन’ जस्तो रहेन। एउटै कुरो — न त खेल्न सक्थे, न त दौडिन सक्थे। घरमा बुबा–आमा र चार दाजुभाइ थिए, तर ती सबैमा उनी मात्रै थिए भिन्न। उनी भन्दैछन्, “एक जना अपांगको बाल्यकाल कस्तो हुँदो हो, अहिले म जसरी बाँचेको छु, हेरे पुग्छ।” दिशा–पिसाब गर्नसमेत अरूको सहारामा निर्भर हुनु पर्ने अवस्था थियो।

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (0.33001104, 0.33001104); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (0, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

तर जीवनले उनलाई कडा बनाइरह्यो। समयसँगै उनी आफैंलाई प्रश्न गर्न थाले — “के म सधैं अरूको भरमा बाँचिरहने?”

त्यही बेलादेखि उनले एउटा सपना देख्न थाले — आफू केही गर्न सक्छु, संसारलाई देखाइदिन सक्छु। उनले आफैं सिक्न थाले, आफैं हेरिरहे, उपकरण टिपेर चलाउन थाले। कुनै सीपशिक्षा न लिएका, न कसैले देखाएर सिकाएका — उनले आफैंले मोबाइल, टिभी, पंखा, मोटर जस्ता इलेक्ट्रोनिक सामान मर्मत गर्न थाले।

दुई हात त छन्, खुट्टाले काम गर्न सक्दैनन् — तर दान बहादुरले देखाएका छन् कि काम गर्नको लागि मुख्य कुरा इच्छा शक्ति र आत्मबल हो। “मसँग औजार पनि पर्याप्त छैनन्, तर मनबल छ,” उनी गर्वका साथ भन्छन्।

समाजको नजर कहिलेकाहीँ अपांगताप्रति तिरस्कारपूर्ण पनि हुन सक्छ। तर दान बहादुरलाई त्यसले कहिल्यै रोकिएन। “म फरक पक्कै छु, तर कमजोर होइन,” भन्ने सोच उनले सधैं अँगाले। छरछिमेक, परिवार सबैले उनलाई साथ दिए। दिशा–पिसाबदेखि हिँडडुल गर्नसम्ममा आज पनि अरूको सहारा चाहिन्छ, तर काम गर्ने क्षमतामा उनी कुनैसँग पनि कम छैनन्।

“सबैभन्दा गौरवको क्षण?” सोध्दा उनी मुस्कुराउँदै भन्छन् — “मबाटै सिकेर गएका अहिले आफ्नी आमालाई आर्थिक रूपमा सम्हालिरहेका छन्। त्यो भन्दा ठूलो सफलता के हुन्छ?”

उनको एउटा सपना छ — एउटा राम्रो पसल खोल्ने र आफूजस्तै अपांग व्यक्तिहरूलाई पनि रोजगारी दिने। अहिले उनले राज्यबाट अपांग भत्ता पाएका छन्, एउटा ह्वीलचियर पनि पाएका छन्। तर मर्मत कामका लागि कुनै सहयोग छैन। “तर म रोकिन्न,” उनी भन्छन्।

सुनारको जीवन एउटा पुस्तकजस्तै छ — जहाँ संघर्षका पाना छन्, आँशुका अक्षर छन्, तर आत्मविश्वासले लेखिएका हरफहरू छन्।
सुनार अन्तिममा भन्छन:
आत्माबिश्वास कहिल्यै गुमाउनु हुँदैन। भागेर होइन, जीवनका समस्यालाई आँखा जुधाएर हेर्नुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech