संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, २०८२ जेठ २१ ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (PHEOC) का अनुसार सबै संक्रमितहरू कैलालीस्थित गौरिफन्टा नाकाबाट पत्ता लागेका हुन्।

बुधबार प्रकाशित विवरणअनुसार सुदूरपश्चिमका विभिन्न सिमाना नाकाहरूमा १,०७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। गौरिफन्टा नाकामा ७६० जनामध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने अन्य कुनै पनि नाकाबाट संक्रमण नदेखिएको केन्द्रले जनाएको छ।

यो अवधिमा कोभिडका कारण मृत्यु भएको कुनै पनि घटना भने रिपोर्ट गरिएको छैन।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा जम्मा ६ लाख १६ हजार १३ जनाको परीक्षण गरिएका छन्, जसमध्ये ९ हजार ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

अत्यावश्यक स्वास्थ्य सेवा वा थप जानकारीका लागि संचालन केन्द्रले १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech