संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, जेठ १४
महाकाली नदीको बाढीले गत वर्ष भत्काएको चार लेनको पक्की पुलको गाइड बन्ड पुनःनिर्माणको कार्य नेपाली सेनाले सुरु गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा संकटग्रस्त क्षेत्र घोषणा गरिएको सो स्थानमा मन्त्रिपरिषद्को निर्णयपछि नेपाली सेना परिचालन गरिएको हो।

नेपाली सेनाले अहिले गाइड बन्डको पुनःनिर्माणसँगै महाकाली नदीलाई बीच भागतर्फ मोड्ने च्यानलाइजेसनको काम पनि तीव्र रूपमा गरिरहेको छ। सेनाका इन्जिनियर विभाग प्रमुख सेनानी निसानत पण्डित क्षेत्रीका अनुसार निर्माण कार्य एक महिनाभित्र सक्ने लक्ष्य रहेको छ। मौसमले साथ दिएमा समयमै काम सम्पन्न हुने विश्वास गरिएको छ।

“अहिले गाइड बन्ड निर्माण र नदीलाई बीच भागमा बगाउने गरी काम भइरहेको छ,” पण्डितले बताए, “एक महिनाभित्र काम सक्ने लक्ष्य छ, मौसमले साथ दिएमा त्यो सम्भव छ।”

संकटग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

जेठ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गाइड बन्ड भत्किएको क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै नेपाली सेनामार्फत पुनःनिर्माणको जिम्मा दिएको थियो। सो निर्णय अनुसार जेठ ९ गतेदेखि नेपाली सेनाले औपचारिक रूपमा काम सुरु गरेको हो।

हाल सेनाका ३ सयदेखि ५ सय जनशक्ति, १८ देखि २० वटा ब्याकहो लोडर, टिप्पर लगायतका उपकरणसहित काममा खटिएको बताइएको छ।

डिजाइन परिवर्तन, ढुंगा नपाएपछि कंक्रिट प्रयोग

सुरुवाती डिजाइन अनुसार ठूला ढुंगा (२ सय ५० किलो भन्दा माथि तौल भएका) प्रयोग गरी गाइड बन्ड बनाउने योजना थियो। तर आवश्यक ढुंगा आपूर्ति हुन नसकेपछि डिजाइन परिमार्जन गर्दै पलम्ब कंक्रिटको गाइड बन्ड बनाउने निर्णय लिइएको हो।

बर्खायाम अघि काम सक्न दबाब

बर्खायाम नजिकिँदै गएकोले कामलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ९ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ, भने कुल लागत १९ देखि २९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

“अहिले उपकरणको अभाव छ, निजी क्षेत्रका उपकरणहरू पनि चापका कारण उपलब्ध हुन सकेका छैनन्,” ढकालले भने, “बर्खायामको जोखिम बढ्दै गएकाले समयमै काम सक्नुपर्छ।”

पहुँच मार्ग र पोखरी निर्माण

महाकाली नदीमाथिको चार लेनको पक्की पुलको निर्माण सम्पन्न भइसकेको छ। पूर्व–पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम अन्तिम चरणमा पुगेको छ।

पुलको दुवै किनारमा बनाउने योजना गरिएको ६ सय मिटर चौडा र २८/२८ सय मिटर लम्बाइको पोखरी निर्माण भने डिजाइनको अन्योलले ढिलाइमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech