संवेग न्यूज
ट्रेण्डिङ

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले दिवंगत पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्न दुई लाख हस्तान्तरण गरेको छ। स्वर्गीय नेता कलौनी अध्यक्ष रहेको बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना हुने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। 

अध्यक्ष शेर्पाले बिहीबार उक्त दुई लाख रुपैयाँको बैंक चेक अच्युतका पिता जनकराज कलौनीलाई हस्तान्तरण गरेका छन्।

पछिल्लो समय नेपाली कांग्रेस कञ्चनपुर भीमदत्त नगर सभापति रहेका कलौनी गत माघ १९ गते मृत फेला परेका थिए। ‘उहाँको निधनको ९ औँ पुन्यतिथिका अवसरमा आयोजित शोक सभामा नेविसंघ केन्द्रीय समितिका तर्फबाट उहाँ अध्यक्ष रहेको विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थियौँ,’ अध्यक्ष शेर्पाले भने,‘सोहीअनुसार बुबाको हातमा आज रकमको चेक हस्तान्तरण गरेका छौँ।’

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेवि संघका केन्द्रीय मुख्य सचिव विजय खड्का, नेवि संघ केन्द्रीय सदस्य सन्जय अधिकारी (सन्जु), र केन्द्रीय सदस्य अमृत जंग कार्की उपस्तिथि रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech