संवेग न्यूज
ट्रेण्डिङ

दोधारा-दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख श्रीमती गंगादेवी जोशीले भानु बहुमुखी क्याम्पसका २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभएको छ। आर्थिक वर्ष २०८०/०८१ को उपप्रमुख कार्यक्रम अन्तर्गत छुट्टाइएको बजेटबाट प्रत्येक विद्यार्थीलाई ६,००० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो।

नगरपालिकाले विशेष गरी अति विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेको हो। विद्यार्थीहरूले प्राप्त सहयोग आफ्नो अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण हुने बताएका छन्। छात्रवृत्ति प्राप्त विद्यार्थी हिरा भट्ट भन्छिन्, “छात्रवृत्तिले मेरो पढाइलाई सहज बनाएको छ। आर्थिक समस्याका कारण रोकिएको मेरो अध्ययनलाई निरन्तरता दिन यसले ठूलो मद्दत पुर्‍याउनेछ।”

छात्रवृत्ति पाएपछि विद्यार्थीहरूले उपप्रमुख जोशीलाई धन्यवाद व्यक्त गरेका छन्। नगरपालिकाले आगामी वर्ष पनि योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाउँदै यस योजनाबाट लाभ लिन नपाएका विद्यार्थीहरूलाई आगामी वर्ष समेट्ने जनाएको छ।

शिक्षामा लगानी, उज्जवल भविष्यको आधार

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उपप्रमुख जोशीले शिक्षा क्षेत्रमा लगानी गर्नु नै समाजको समृद्धिको आधार भएको बताइन्। “अवसर पाएमा हाम्रा विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सक्छन्। नगरपालिकाले आगामी वर्षहरूमा पनि शिक्षालाई प्राथमिकता दिँदै छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनेछ,” उहाँले बताउनुभयो।

स्थानिय तहको यो पहलले विद्यार्थीहरूलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech