संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी: दोधारा चाँदनी नगरपालिकामा विपन्न वर्गका लागि निर्माण भइरहेका आवासहरू मध्ये दोधारा चाँदनी नगरपालिका–१० भिम बहादुर सुनारको घरमा प्रयोग गरिएको सिमेन्ट ब्लोकको गुणस्तर कमजोर भएको दोधारा चाँदनी खबरले समाचार (भिडियो सहित) सार्वजनिक भएपछि जनप्रतिनिधि र स्थानीयवासीहरूबीच चासो बढेको थियो।

नगर प्रमुख किशोर लिम्बुले यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने,
“नगर प्रमुखको विपन्न आवास कार्यक्रम अन्तर्गत निर्माण हुन गैरहेको घरमा प्रयोग हुन लागेको सिमेन्ट ब्लोकको गुणस्तर कमजोर भएको देखियो। योजना नगर प्रमुखको जिम्मा हो भने कार्यान्वयन उपभोक्ता समितिको हो। यसले मेरो ध्यानाकर्षण गराएको छ। सबै पक्षलाई जिम्मेवारी बोध गराउनेछु। धन्यवाद।”

गुणस्तरहिन ब्लोक प्रयोगको चौतर्फिक बिरोध आएपछी  उपभोक्ता समिति अध्यक्ष दिपेश सापकोटाले तुरुन्तै गुणस्तरहीन ब्लोक फिर्ता लिएर नयाँ गुणस्तरीय ब्लोक उपलब्ध गराउने आश्वासन दिएका छन्। पिडित भिम बहादुर सुनारले भने,
“समाचारपछि ब्लोक फिर्ता लगे। गुणस्तरीय ब्लोक उपलब्ध गराउने आश्वासन दिएका छन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech