संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर — “पढ्नका लागि उमेर कहिल्यै तगारो हुँदैन” भन्ने उदाहरण प्रस्तुत गरेकी छन् कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सियाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भई पढ्न थालेकी डल्लीदेवी हाल वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिको सदस्य समेत हुन्।

सानैदेखि विद्यालय जान चाहेको भए पनि पारिवारिक र सामाजिक जिम्मेवारीका कारण उनको त्यो चाहना पूरा हुन सकेको थिएन। विवाहपछिको पारिवारिक जीवन, भान्सादेखि खेतबारीसम्मको जिम्मेवारी, बच्चाबच्चाको पालनपोषणले उनको शिक्षाको सपना अधुरै रह्यो। अहिले आएर उनले त्यो सपना साकार बनाउने प्रयास थालेकी छन्।

विद्यालय व्यवस्थापन समितिको बैठकमा अरूले पढाइको अनुभव सुनाउँदा आफूले हस्ताक्षर गर्न नजान्दा हुने हीनताबोधले उनलाई गहिरो रूपमा छोयो। त्यसैले अब कसैको भर पर्नु नपरोस् भन्ने सोचले विद्यालय भर्ना भएकी हुन्। घरमा नातिनीहरूबाट सहयोग लिएर ‘बाह्राखरी’, ‘दुना’, लेखपढ सिकिरहेकी उनले समय मिल्दा विद्यालयमै गएर पढ्ने गर्छिन्।

उनको पढ्ने इच्छालाई विद्यालय प्रशासन, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय भद्रभलाद्मीहरूले स्वागत गरेका छन्। विद्यालयका प्रधानाध्यापक जगन्नाथ भट्टका अनुसार चौधरीलाई वर्णविन्यास, लेखपढ र गणितको ज्ञान दिन कक्षा सञ्चालन भइरहेको छ।

चौधरी भन्छिन्, “जनताको आवाज गाउँसभामा राख्न सक्छु, अब पढ्न लेख्नको मात्रै खाँचो छ, त्यो पनि पूरा गरेरै छाड्छु।” आगामी स्थानीय चुनावमा वडाध्यक्ष पदका लागि दबाब आउन थालेको पनि उनले बताएकी छन्। त्यसैले आफू पढाइमा झनै मन दिएर लागिपरेको उनले बताइन्।

डल्लीदेवीको यो साहस र आत्मविश्वास केवल उनको व्यक्तिगत उन्नति मात्र नभएर समाजका अरू महिला, प्रौढ र विशेषतः जनप्रतिनिधिहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।

श्रोत: दीनेश खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech