संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, साउन -१०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि बिधुतीय मतदान हुने भएको छ । आइतबारदेखि सुरु भएको महाधिवेशन एक दिन लम्बिएपछि मतदान कार्यक्रम बुधबारका लागि तय गरिएको हो ।

महाधिवेशन अन्तर्गत पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने तयारी गरिएको थियो । सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन । अब केन्द्रीय सदस्य पदका लागि मात्रै मतदान हुनेछ ।

निर्वाचनका लागि रामलक्ष्मण इनोभेसनद्वारा विकसित ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने जनाइएको छ । कम्पनीका सञ्चालक लक्ष्मण रिमालका अनुसार मतदानका लागि आवश्यक सबै प्राविधिक तयारी तथा परीक्षण सम्पन्न भइसकेको छ ।

उनका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त भएपछि मतदान मेसिनमा नाम तथा विवरण प्रविष्ट गर्ने काम सुरु गरिनेछ । सामान्य अवस्थामा उक्त प्रक्रिया पुरा गर्न करिब १५ घण्टा लाग्ने भए पनि अन्य सबै प्राविधिक तयारी सम्पन्न भएकाले अन्तिम नामावली प्राप्त भएको करिब ६ घण्टाभित्र विवरण प्रविष्टिको काम सकिने र त्यसपछि मतदान सुरु गर्न सकिने उनले बताए ।

यद्यपि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार बिहानसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको थिएन । प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी-विरोधका लागि समय छुट्याइनेछ । त्यसपछि प्राप्त उजुरीमाथि छानबिन गरी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका रहेको छ ।

अन्तिम नामावली सार्वजनिक भएपछि मात्रै निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीमा विवरण प्रविष्टिका लागि सुची उपलब्ध गराउनेछ । यी सबै प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले पहिलो चरणको मतदान अपराह्नपछि मात्रै सुरु हुने अनुमान गरिएको छ ।

केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन । पहिलो चरणको मतदान सम्पन्न भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाइने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech