संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर — कञ्चनपुरबाट प्रकाशित हुने दोधराचाँदनी खबरका प्रकाशक तथा पत्रकार भुपेन्द्र ओलिले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन्।

आफ्नो जन्मदिनको अवसरमा उनले कोषको स्थापनार्थ ५ हजार १ सय १ रुपैयाँ सहयोग गरेका हुन्। महासंघले पत्रकारहरूको हितका लागि स्थापना गर्न लागेको कोषमा पवित्र भावनाका साथ सकेको सहयोग गरेको ओलिले बताए।

“यो कोष पत्रकारहरूको आपत्‌का बेला ठूलो सहारा बन्नेछ। आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीले पत्रकार ओलिको योगदानप्रति आभार व्यक्त गर्दै अन्य पत्रकार तथा शुभेच्छुकहरूबाट पनि सहयोगको अपेक्षा गरिएको बताए।

उनका अनुसार कोषको ब्याज रकमबाट पत्रकारहरूलाई दुर्घटना, गम्भीर रोग, परिवारजनको निधन जस्ता आपत्कालीन अवस्थामा आर्थिक सहारा दिने उद्देश्य रहेको छ।

धामीले पत्रकारहरूको कठिन घडीमा सहयोग पुग्ने गरी स्थायी संरचना निर्माण गर्ने सोचमा कोष स्थापना गरिएको उल्लेख गर्दै सबै क्षेत्रका व्यक्तिहरूलाई सक्दो आर्थिक सहयोग गर्न आह्वान गरेका छन्। “एक एक थोपा मिलेर समुद्र बन्छ। सबैको सहयोग आवश्यक छ,” उनले भने।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech