संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनीको १ नम्बर वडाका किसानलाई बाँडियो मौसमी तथा बेमौसमी तरकारी बीऊ दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा कृषक समूहलाई मौसमी तथा बेमौसमी तरकारी बीउ वितरण गरिएको छ । वडा कार्यालयले कृषक समूहलाई करेला बैगन, भिण्डी, लौका, खुर्सानी, फर्सी, तोरया, बोडी लगायतका उन्नत जातका बीउ वितरण गरेको छ ।

वडा अध्यक्ष बिक्रम बहादुर चन्दले बिऊ वितरण गरे । उनले किसानहरूको उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कृषक समूहलाई संगठित गर्दै आधुनिक प्रविधि अपनाउने अवसर दिन सकिए कृषि उत्पादनमा गुणात्मक सुधार आउने वडा अध्यक्ष चन्दले विश्वास व्यक्त गरे ।

कृषक समूहका प्रतिनिधिहरूले वडा कार्यालयको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आयआर्जनमा योगदान पुर्याउने लक्ष्य रहेको बताए ।

उनीहरूले यस्ता योजनाले स्थानीय बजारको माग पूर्ति गर्दै किसानहरूको आर्थिक स्थितिमा सुधार ल्याउने विश्वास समेत व्यक्त गरे। यस कार्यक्रमले कृषक समूहहरूलाई संगठित गर्दै स्थानीय स्तरमा कृषि क्षेत्रको मजबुतीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech