संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, २६ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ । पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह लाई पत्र लेख्दै मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न आग्रह गरेका हुन ।

पत्रमा पार्टी विधानको धारा २५(४)(क) अनुसार सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादा जोगाउने जिम्मेवारी रहेको र पदको दुरुपयोग भएको अवस्थामा धारा ६९ अनुसार ‘राइट टु रिकल’ प्रयोग गरी जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने उल्लेख गरिएको छ ।

रास्वपाले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः सक्रिय गराउन चलखेल गरेको आरोप लगाएको छ । उक्त विषयमा पार्टीको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले पठाएको सिफारिस पत्रमा मन्त्री साहको कार्य पार्टी विधानको धारा ७१ अन्तर्गत परिवारवाद निषेध सम्बन्धी प्रावधानविपरीत रहेको ठहर गरिएको छ साथै स्पष्टीकरण माग्दा स्पष्ट जवाफ नदिएको अपुर्ण तथा भ्रामक विवरण दिएको आरोप पनि लगाइएको छ ।

रास्वपाले मन्त्री साहको व्यवहार जनअपेक्षा, पार्टीको नीति, सिद्धान्त तथा आचारसंहिताविपरीत भएको निष्कर्ष निकालेको छ । इमान्दार राजनीतिका लागि जनताले दिएको विश्वासमाथि आँच पुग्ने देखिएकाले आवश्यक कारबाही गर्नुपर्ने पत्रमा उल्लेख छ। रास्वपाले ‘राइट टु रिकल’ व्यवस्था प्रयोग गर्दै मन्त्री साहलाई फिर्ता बोलाएको हो । उनी १३ दिनअघि मात्र मन्त्रीमा नियुक्त भएका थिए ।

हटाइएका साह महोत्तरी-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन साथै पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत यस विषयमा सचेत गराउन सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech