संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं, ४ चैत — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ‘म’ केन्द्रित राजनीति त्याग्नुपर्ने सन्देशसहित नयाँ राजनीतिक शैलीको संकेत देखिएको छ ।

ग्वार्कोमा आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै सभापति लामिछानेले व्यक्तिगत स्वार्थमा केन्द्रित राजनीतिले पार्टीको भविष्य नै जोखिममा पार्न सक्ने चेतावनी दिए । “आफ्नो पद, हैसियत र स्थानमै केन्द्रित सोचबाट माथि उठ्न सकिएन भने हाम्रो अवस्था पुराना दलभन्दा पनि खराब हुन सक्छ,” उनले भने ।

उनले नागरिकले दिएको जनादेशलाई चुनौतीका रूपमा लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गर्दै थपे, “पुराना दललाई नागरिकले ३६ वर्षसम्म पर्खिए, तर हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् ।” यसबाट उनले जनअपेक्षा अत्यन्त उच्च रहेको स्पष्ट पारे ।

चुनावी अभियानका क्रममा आक्रामक अभिव्यक्ति दिएका लामिछाने अभिमुखीकरण कार्यक्रममा भने संयमित र जिम्मेवार शैलीमा प्रस्तुत भए । उनले अब पार्टीले सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेकाले भाषाशैली र व्यवहारमा परिवर्तन आवश्यक भएको संकेत गरे ।

उनले निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय तथा लगानीकर्तालाई पार्टीप्रति विश्वास दिलाउनुपर्ने आवश्यकता औंल्याउँदै समग्र राष्ट्रिय जीवनका क्षेत्रहरूसँग सहकार्यको सन्देश दिए ।

लामिछानेले पार्टीभित्र अनुशासन कायम गर्न विशेष जोड दिँदै सामाजिक सञ्जालमा देखिने उत्तेजना र आक्रामकता रोक्न कार्यकर्तालाई निर्देशन दिए। विपक्षीप्रति तुच्छ व्यवहार नगर्न उनले आग्रह गरे ।

साथै, सांसदहरूलाई जनताको सेवकका रूपमा काम गर्न निर्देशन दिँदै उनले सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार गर्न सुझाव दिए। “जनता जस्तै भएर अघि बढ्नुपर्छ,” उनले भने ।

यो अभिव्यक्तिसँगै लामिछानेको राजनीतिक शैली आक्रामकताबाट संयमता तर्फ रूपान्तरण हुने संकेत देखिएको छ, जसले रास्वपाको आगामी भूमिकालाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech