संवेग न्यूज
ट्रेण्डिङ

१२ फागुन, काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आह्वान गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, पारदर्शी र स्वच्छ बनाउन आयोगले सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरेको हो ।

पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक हुनुका साथै आयोगमा उल्लेख्य संख्यामा उजुरी परेपछि यस्तो स्मरण गराइएको जनाइएको छ । विशेषगरी स्थानीय कार्यपालिकाका केही पदाधिकारी आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले निगरानी थप कडा बनाएको संकेत दिएको छ ।

आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार तथा तिनका मन्त्री, विभिन्न सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तहका पदाधिकारी र कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा पर्छन् । त्यस्तै, सार्वजनिक संस्थान, संवैधानिक निकाय, सुरक्षा निकाय र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई पनि समान रूपमा आचारसंहिता लागू हुने स्पष्ट पारिएको छ ।

सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा तिनका कर्मचारीसमेत निष्पक्षता कायम राख्न बाध्य छन्। राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधिलाई समेत आचारसंहिताको पूर्ण पालना गर्न आयोगले निर्देशन दिएको छ ।

यसका साथै निजी क्षेत्र—बैंक तथा वित्तीय संस्था, सहकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, गैरसरकारी संस्था, विकास साझेदार तथा परियोजनामा संलग्न कर्मचारीहरू—समेत आचारसंहिताबाट अछुतो नरहने आयोगले स्पष्ट पारेको छ ।

आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ र मर्यादित बनाउन सबै क्षेत्रको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै आचारसंहिता उल्लङ्घन भए कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech