संवेग न्यूज
ट्रेण्डिङ

बाँके, नेपालगञ्ज – नेपाली कम्युनिष्ट पार्टीबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र पाँडे ‘जेम्स’ ले पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । “हिजो व्यवस्था बदल्न लड्यौं, अबको लडाइँ अवस्था बदल्न” भन्ने नारासहित उनले भ्रष्टाचारमुक्त समाज, सुशासन, विकास र समृद्धिलाई केन्द्रमा राखेर विस्तृत कार्ययोजना प्रस्तुत गरे ।

मुख्य प्रतिबद्धताहरू:

१. सुशासन र राजनीतिक सुधार पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा पहल। भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन ।

शहीद परिवार, घाइते तथा बेपत्ता परिवारलाई विशेष राहत कार्यक्रम ।

२. शिक्षा क्षेत्र

प्रत्येक पालिकामा प्राविधिक शिक्षासहित नमुना विद्यालय स्थापना ।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने र ई–लाइब्रेरी सञ्चालन ।

उच्च शिक्षाका लागि प्राविधिक तथा व्यावसायिक कार्यक्रम विस्तार ।

३. स्वास्थ्य सेवा

आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति र २४ सै घण्टा सेवा ।

पालिका अस्पताललाई विशेषज्ञ सेवासहित सुदृढ बनाउने ।

योग तथा प्राकृतिक चिकित्सालाई व्यवस्थित विकास ।

४. कृषि तथा पशुपालन

किसानलाई मल, बीउ, औजार तथा प्रविधिमा सहज पहुँच ।

प्रत्येक पालिकामा कृषि सेवा केन्द्र र पशु भेटेरिनरी सेवा विस्तार ।

उत्पादनमा आधारित अनुदान र कृषि सहकारीमार्फत बजारीकरण । 

५. पूर्वाधार र यातायात

अधुरा सडक निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने ।

ग्रामीण सडक कालोपत्रे तथा अन्तरप्रदेश सडक सञ्जाल विस्तार ।

सिंचाइ आयोजनाको विस्तार र व्यवस्थित सञ्चालन ।

६. उद्योग, व्यापार र रोजगारी

प्रत्येक पालिकामा औद्योगिक ग्राम स्थापना ।

“एक वडा, एक नमुना उत्पादन” नीति लागू ।

युवालाई सीपमूलक तालिममार्फत स्व–रोजगार र उद्यमशीलता प्रवर्द्धन ।

७. पर्यटन र संस्कृति

बाँके–बर्दिया क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास ।

धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र पूर्वाधार विकास। स्थानीय कला–संस्कृति प्रवर्द्धनका लागि विशेष कार्यक्रम ।

८. खानेपानी, विद्युत् र सरसफाइ

पाँच वर्षभित्र सबै घरधुरीमा स्वच्छ खानेपानी ।

विद्युत् विस्तार र भोल्टेज सुधार ।

व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र स्थापना ।

९. सामाजिक सुरक्षा

भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापन ।

विपद् व्यवस्थापनका लागि पूर्वतयारी र जोखिम न्यूनीकरण कार्यक्रम ।

पत्रकार सम्मेलनमा उम्मेदवार पाँडेले जनताको साथ र विश्वासका आधारमा बाँके क्षेत्र नं १ लाई समुन्नत र नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा समर्थन गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech