संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन् । मन्त्री घिसिङले  २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले यस्तो बताए ।

‘सडकको अवस्था सुधार गर्नुपर्ने सडक धेरै छन् । यसको मर्मत सडक बोर्डले आफ्नो  जिम्मेवारी बहन गरेको छ’ मन्त्री घिसिङले भने,’तर बजेटको लिमिटेशनका कारण मर्मत सम्भार गर्न सकिएको छैन ।’

संघ, प्रदेश र स्थानीय तहबाट  सडक मर्मत भइरहेको उनको भनाइ  छ । ‘तर बजेट अभावमा समयमै मर्मत सम्भार गर्न सकिरहेका छैनौ,’ मन्त्री घिसिङले भने,’धेरै सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छाएको छ ।’ यस्तै आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने पनि बताए ।

साथै केहि सडक मर्मतमा निर्माण व्यवसायीका कारण पनि ढिला भएको उनको भनाइ छ । अबका दिनमा काम भएन भने निर्माण व्यवसायीले पेनाल्टी तिर्नुपर्ने अवस्था  बनाएर काम अघि बढाउनु पर्ने उनको भनाइ थियो । सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले समयमा मर्मत सम्भार गर्न नसक्दा लागत बढ्दै गएको बताएका थिए ।

केसीले भने,’समयमै सडक मर्मत नगरे तीन चारगुणा लागत बढ्छ । सडक मर्मतलाई वैज्ञानिक ढङ्गबाट गरिनुपर्छ ।’ सडक बोर्डले नियमित मर्मत, पटके मर्मत र अद्यावधिक मर्मत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech