संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन् । मन्त्री घिसिङले  २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले यस्तो बताए ।

‘सडकको अवस्था सुधार गर्नुपर्ने सडक धेरै छन् । यसको मर्मत सडक बोर्डले आफ्नो  जिम्मेवारी बहन गरेको छ’ मन्त्री घिसिङले भने,’तर बजेटको लिमिटेशनका कारण मर्मत सम्भार गर्न सकिएको छैन ।’

संघ, प्रदेश र स्थानीय तहबाट  सडक मर्मत भइरहेको उनको भनाइ  छ । ‘तर बजेट अभावमा समयमै मर्मत सम्भार गर्न सकिरहेका छैनौ,’ मन्त्री घिसिङले भने,’धेरै सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छाएको छ ।’ यस्तै आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने पनि बताए ।

साथै केहि सडक मर्मतमा निर्माण व्यवसायीका कारण पनि ढिला भएको उनको भनाइ छ । अबका दिनमा काम भएन भने निर्माण व्यवसायीले पेनाल्टी तिर्नुपर्ने अवस्था  बनाएर काम अघि बढाउनु पर्ने उनको भनाइ थियो । सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले समयमा मर्मत सम्भार गर्न नसक्दा लागत बढ्दै गएको बताएका थिए ।

केसीले भने,’समयमै सडक मर्मत नगरे तीन चारगुणा लागत बढ्छ । सडक मर्मतलाई वैज्ञानिक ढङ्गबाट गरिनुपर्छ ।’ सडक बोर्डले नियमित मर्मत, पटके मर्मत र अद्यावधिक मर्मत गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech