संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन् ।

उनले ६ पृष्ठ लामो बयान सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म करिब दुई घण्टा आयोगसमक्ष दिएका हुन् । गौरीबहादुर कार्की संयोजक रहेको आयोगमा बयान दिएपछि उनले कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् ।

आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, त्यसबेलाको सुरक्षा व्यवस्था, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षाबारे स्पष्ट पारेका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा आफूले सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको बताएका छन् ।

‘मन्त्रीले गोली चलाउनु वा दमन गर्नु भनेर आदेश दिन मिल्दैन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो,’ उनले बयानमा उल्लेख गरेका छन् । यस्तो आदेश दिने कानुनी प्रावधान नै नभएको पनि उनले स्पष्ट पारेका छन् ।

राजनीतिक नेतृत्वको हैसियतले घटनाको पदीय नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको लेखकको भनाइ छ ।

आन्दोलनका क्रममा नियोजित र प्रायोजित ढंगले नेताका घर, आश्रम र राज्यका संरचनामाथि आक्रमण भएको दाबी उनले गरेका छन् । भदौ २४ गते छानीछानी आक्रमण गरिएको, नेताहरूका आश्रम जलाइएको र गम्भीर आपराधिक गतिविधि भएको उनले बताएका छन् ।

लेखकका अनुसार जेन–जी आन्दोलनमा घुसपैठ भएको थियो । भदौ २३ गते जुलुस माइतीघरबाट नयाँबानेश्वर पुगेपछि घुसपैठ सुरु भएको र जेन–जी पक्षले आन्दोलन सकिएको घोषणा गरिसक्दा पनि पूर्वनियोजित रुपमा विध्वंश गराइएको उनले उल्लेख गरेका छन् । जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी तोडफोड र हिंसा मच्चाइएको उनको निष्कर्ष छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech