संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रतिबद्धता जनाएका छन् । जेलबाट रिहाइ भएपछि आइतबार केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीको माग पुरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका हुन् । उनले निर्वाचनमा जानुको विकल्प नभएको पनि दोहोर्‍याएका छन् ।

‘निर्वाचनमा जानुको विकल्प छैन । साथै जेनजीले उठाएका माग पुरा गर्नुको पनि विकल्प छैन । जेनजीको माग पुरा गर्ने, सुशासन खडा गर्ने र निर्वाचन गराउने विषयमा सरकारले एक्लै छु भन्नुपर्दैन ।

रास्वपा उभिएको छ’, उनले भने, ‘तर सरकारले यो पनि बुझ्नुपर्छ कि यो निशर्त होइन । हामीले स्वार्थ बोकेका छैनौँ । जुन उद्देश्यका लागि कलिला भाइबहिनीहरूले ज्यान गुमाए । त्यसलाई बिर्सन पाइँदैन । त्यो सँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’

उनले भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेको आरोप समेत लगाए । उनीहरू आफ्नै मान्छे खटाएर घटना घटाउने काममा लागेको उनले जिकिर गरे ।

‘भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन् । सानातिना घटना घटाउन पनि उनीहरू पछि पर्दैनन् । आफ्नै मान्छे खटाउने, घटना घटाउने अनि निर्वाचन वातावरण बिग्रियो । सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दै छन् । मुन्टो निकाल्नु पर्दैन । चुनावको वातावरण बिगार्नु पर्दैन । पार्टीको चुनाव जिते झैँ आम चुनाव पनि जिते भइगो’, एमालेका अध्यक्ष केपी ओली लक्षित गर्दै उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech