संवेग न्यूज
ट्रेण्डिङ

 कोहलपुर–१३ । सामुदायिक वनका पदाधिकारीहरूले किर्ते दस्तखत गरी बजेट हिनामिना गरेको तथा वनलाई आफ्नै परिवार र आफन्तको भर्ती केन्द्र बनाएको आरोप लगाउँदै वडा नम्बर १३ का युवाहरूले कडा विरोध जनाएका छन् । युवाहरूले सामुदायिक वन उपभोक्ताको साझा सम्पत्ति भएकाले यसलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्नु गैरकानुनी र निन्दनीय भएको बताएका छन् । उनीहरूका अनुसार निर्णय प्रक्रियामा पारदर्शिता नअपनाई नातावाद र कृपावादका आधारमा नियुक्ति तथा आर्थिक चलखेल गरिएको छ ।

विरोधमा उत्रिएका युवाहरूले दोषी पदाधिकारीमाथि छानबिन गरी तत्काल कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । समयमै सत्यतथ्य छानबिन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरूले दिएका छन् । सामुदायिक वन विवादबारे वडाध्यक्षको स्पष्टिकरण कोहलपुर १३ को सामुदायिक वनमा किर्ते दस्तखत, बजेट हिनामिना तथा नातावादको आरोप लगाउँदै वडा नम्बर १३ का युवाहरूले विरोध जनाइरहेका बेला यस विषयमा वडाध्यक्षले स्पष्टिकरण दिएका छन् ।

वडा नम्बर १३ का वडाध्यक्षसँग सम्पर्क गर्दा उनले प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयनका लागि समिति गठन गर्ने क्रममा आपसी सहमति नजुटेपछि सामुदायिक वनका अध्यक्ष र उपाध्यक्षले स्वेच्छाले पद छोडेको जानकारी दिए। उनका अनुसार हाल सह–सचिवलाई अध्यक्षको जिम्मेवारी दिई बजेट कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको छ ।

वडाध्यक्षले सामुदायिक वनको तर्फबाट हालसम्म कसैले पनि भ्रष्टाचार, अनैतिक वा गैरकानुनी कार्य नगरेको दाबी गर्दै गलत भ्रम फैलाइएको भए त्यसको सत्यतथ्य बुझ्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। उनले पारदर्शिता र नियमअनुसार नै काम भइरहेको र आवश्यक परे सम्बन्धित निकायबाट छानबिन हुन सक्ने पनि उल्लेख गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech