संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, बैशाख ११ — कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएपछि दोधारा चाँदनी नगरपालिकाको शिक्षा प्रणाली फेरि एकपटक कटघराबाट मुक्त हुन सकेको छैन। कुल ८६८ जना सहभागी विद्यार्थीमध्ये जम्मा १८५ जना मात्र उत्तीर्ण भएको तथ्यांकले शिक्षा क्षेत्रको कमजोर अवस्थालाई सतहमा ल्याइदिएको छ। ७२५ जना अनुत्तीर्ण हुनु र तीन विद्यालयमा एक जना पनि विद्यार्थी पास नहुनु गम्भीर चिन्ताको विषय बनेको छ।

शिक्षक राजनीतिमा, कक्षा रित्तो

स्थानीय अभिभावकहरू शिक्षकमाथि गम्भीर प्रश्न उठाइरहेका छन्। उनीहरूको आरोप छ— शिक्षण पेशामा रहेको प्राविधिक समूह अब राजनीतिक कार्यक्रममा बढी सक्रिय देखिन्छ।

“शिक्षकहरू कक्षाभन्दा पार्टीको कार्यक्रममा देखिन्छन्। विद्यार्थीलाई पढाउनेभन्दा राजनीतिक बैठक जानु उनीहरूको प्राथमिकता बनेको छ,” — एक आक्रोशित अभिभावक भन्छन्।

नगरपालिकाको भूमिका कहाँ छ?

शिक्षा नगरपालिका मातहत भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुनु, निरीक्षण प्रणालीको अभाव, र जवाफदेहीताको कमजोरीले समस्यालाई झन जटिल बनाएको स्थानीयहरूको गुनासो छ।

“जब जिम्मेवारी लिने निकाय नै मौन हुन्छ, तब यस्तो परिणाम आउनु अस्वाभाविक होइन,” — दोधारा चाँदनीका एक सामाजिक अभियन्ताको टिप्पणी।

मूल्यांकनमै जड समस्या

शिक्षा क्षेत्रमा लामो समयदेखि संलग्न एक विश्लेषकका अनुसार समस्याको मूल जड विद्यालयको आन्तरिक मूल्यांकन प्रणालीमा छ।

“विद्यालयहरूमा मूल्यांकन पारदर्शी छैन। कतै अंक मनलाग्दी दिइन्छ। शिक्षकको व्यक्तिवादी निर्णयले मूल्यांकन प्रक्रिया नै विकृत बनाएको छ,” उनी भन्छन्।

उनका अनुसार, मूल्यांकन प्रणाली सुधार नगरेसम्म यस्ता नतिजा दोहोरिइरहनेछन्। शिक्षकलाई तालिम, मूल्यांकनमा स्पष्ट मापदण्ड, र उत्तरपुस्तिका पुनरावलोकन प्रणाली आवश्यक भएकोमा उनी जोड दिन्छन्।

राजनीतिक हस्तक्षेप हटाउन माग

वर्तमान अवस्थाले शिक्षा र राजनीति बीचको खतरनाक सम्बन्धतर्फ औंला ठड्याएको छ। शिक्षा विज्ञदेखि आम नागरिकसम्मको साझा आवाज छ — अब शिक्षालाई राजनीति र प्रशासनिक हस्तक्षेपबाट अलग राख्नुपर्ने बेला आएको छ। जवाफदेही र नतिजामुखी प्रणाली विकासबिना सुधार सम्भव छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech