संवेग न्यूज
ट्रेण्डिङ

वैशाख १० कञ्चनपुर जिल्लामा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ। भीमदत्त नगरपालिका–३ मा तीन वर्ष लामो प्रेमसम्बन्धपछि एक समलिङ्गी जोडीले कानुनी रूपमा विवाह दर्ता गराएका हुन्।

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई कानुनी रूपमा मान्यता दिन आदेश दिएको भए पनि व्यवहारमा धेरै ठाउँमा दर्ता प्रक्रिया सहज छैन। यस्ता परिस्थितिमा कञ्चनपुरको यो पहललाई समावेशी अधिकारप्रतिको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

“विवाह गरेको तीन वर्षपछि कानुनी दर्ता गर्न पाउँदा हामी निकै खुशी छौँ,” विवाह दर्ता गराएकी एक सदस्यले भनिन्। नागरिकताको अन्तरविवरणमा ‘विवाहित’ उल्लेख भएको देख्दा आफन्त र साथीसङ्गीसँगको सम्बन्ध झनै बलियो भएको महसुस भएको उनको भनाइ छ।

यस कार्यमा ‘सहयोगी नेपाल’ र ‘निल हिरा समाज’ले सक्रिय भूमिका खेलेका थिए। सहयोगी नेपाल कञ्चनपुरका संयोजकका अनुसार, स्थानीय सरकारको सहयोगले दर्ता प्रक्रिया सहज भएको हो। वडा कार्यालयले पनि सकारात्मक साथ दिएको जनाइएको छ।

पहिलोपटक यस्तो दर्ता
यो दर्ता कंचनपुरमै पहिलो हो। नेपालमै पनि कानुनी रूपमा समलिङ्गी विवाह दर्ता गर्न थालिएको केही समय मात्रै भएको छ। कतिपय पालिकाले अझै समलिङ्गी विवाहलाई दर्ता गर्न मान्यता दिएका छैनन्। यस्तो अवस्थामा कञ्चनपुरको उदाहरण अन्य स्थानीय सरकारका लागि पनि प्रेरणादायी बन्न सक्छ।

सर्वोच्च अदालतले यथासक्य चाँडो समलिङ्गी विवाह दर्ताको व्यवस्थाका लागि सरकारलाई अन्तिम आदेश जारी गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech