संवेग न्यूज
ट्रेण्डिङ

बेलौरी (कञ्चनपुर), चैत्र ०९ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा मंगलबार बिहान एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ। शव नजिकै जलेको मोटरसाइकल पनि भेटिएको छ।

घटनास्थलमा तोरीको भुसामा आगो लगाइएको देखिएको छ, जहाँ मोटरसाइकल जलेको अवस्थामा थियो। केही पर सोही क्षेत्रमै एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

शव बेल्डाँडी गाउँपालिका–३ का ४५ वर्षीय हरिकिसन रानाको भएको पुष्टि भएको छ। उनी भैंसी पाल्दै दूध बेच्ने पेशामा संलग्न थिए।

मृतकका परिवारजन घटनास्थलमा पुगेका छन् र उनीहरूले हत्या भएको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech