संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी वडा नं. ४ को कार्यालय भवन उद्घाटनकञ्चनपुर — दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ। नगरप्रमुख किशोर कुमार लिम्बु र नगर उपप्रमुख गंगादेवी जोशीले संयुक्त रूपमा शिलालेख अनावरण गर्दै रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो।

चार कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो भवनको उद्घाटन समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नं. ४ का निवर्तमान जनप्रतिनिधिहरू—पूर्व मेयर वीरबहादुर सुनार, पूर्व उपमेयर चिनेगिरी ओझा, विपद् व्यवस्थापन प्रमुख रघु सिंह नाथ, तथा वडा सदस्यहरू रतन पौडेल, भीमबहादुर सिंह, सेतुदेवी ओड, कमला बोहरा लगायतलाई सम्मान गरिएको थियो। साथै, ८ जना महिला स्वयंसेवकसहित जम्मा १५ जनालाई सम्मान गरिएको थियो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख लिम्बु, उपप्रमुख जोशी, र वडा अध्यक्ष भक्तबहादुर सुनारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम वडा अध्यक्ष भक्तबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य वडा सदस्यले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिवले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech