संवेग न्यूज
ट्रेण्डिङ


खडक रावल — २०७८ चैत्र २८ दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा बुधबार अपरान्ह आएको हावाहुरीसहितको मुसलधारे वर्षाले स्थानीय कृषकहरूलाई ठूलो क्षति पुर्‍याएको छ।

पी आर कृषि फर्मद्वारा सञ्चालनमा रहेको टनेल फर्ममा लगाइएको तरकारी खेती पूर्णरूपमा नष्ट भएको फर्मका सञ्चालक प्रेम रोकायाले जानकारी दिएका छन्।
“हावाहुरीसँगै आएको वर्षाले हाम्रो १५ कट्टामा फैलिएको बुढी, टमाटर, सिमला मिर्च, बैगन र करेलाजस्ता तरकारीहरू नष्ट गर्‍यो,” रोकायाले भने, “टनेलसमेत क्षति पुगेको छ। करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।”

प्राकृतिक प्रकोपका कारण कृषकहरू मर्कामा परेका छन् भने क्षतिको विवरण संकलन गरी राहतको पहल गर्न स्थानिय सरकारसँग कृषकहरूले माग गरेका छन्।

स्थानीय कृषि शाखाका अनुसार सम्बन्धित निकायले स्थलगत निरीक्षणपछि क्षतिको मूल्याङ्कन गर्ने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech