संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी :
नववर्ष २०८२ को पावन अवसरमा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा एक भव्य विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम २०८१ साल चैत ३१ गते साँझ ७ बजेदेखि अम्बिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिनेछ।

सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुने यस कार्यक्रममा स्थानीय कलाकारहरूको बहुआयामिक प्रस्तुतीहरू रहनेछन्।
गीत, नृत्य, नाटक लगायतका विविध कार्यक्रमहरू प्रस्तुत गरिने आयोजक समितिले जानकारी दिएको छ।

विशेष कुरा के छ भने, यस कार्यक्रमलाई प्रत्येक वर्ष नववर्षको पूर्वसन्ध्यामा नियमित रूपमा आयोजना गरिँदै आएको छ।
स्थानीय समुदायको उत्साह, सहभागिता र सांस्कृतिक योगदानले यस कार्यक्रमलाई क्षेत्रकै एउटा प्रमुख सांस्कृतिक कार्यक्रमको रूपमा स्थापित गरिदिएको छ।

कार्यक्रमको आयोजनामा कालिका हाट बजार व्यवस्थापन समिति सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई नववर्षको उत्सवलाई थप रंगीन बनाउन हार्दिक आमन्त्रण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech