संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर कुमारी बैंक लिमिटेड (चाँदनी दोधारा शाखा) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत एक विशेष सहयोग हस्तान्तरण गरेको छ। बैंकले दोधारा चाँदनीस्थित श्री भानु बहुमुखी क्याम्पसलाई एक थान सेनेटरी प्याड भेन्डिङ मेसिन र एक थान सेनेटरी प्याड डिस्पोजल मेसिन सहयोग स्वरूप उपलब्ध गराएको हो।

कुमारी बैंक लिमिटेड (चाँदनी दोधारा शाखा) का ब्रान्च मेनेजर नरेन्द्र सिंह भण्डारीका अनुसार क्याम्पसमा अध्ययनरत छात्राहरूको महिनावारी स्वास्थ्य र स्वच्छतालाई ध्यानमा राख्दै बैंकले यो सहयोग पुर्‍याएको हो। ‘कवच’ ब्राण्डका यी मेसिनहरूको उपलब्धतासँगै अब छात्राहरूले क्याम्पस समयमा सहजै सेनेटरी प्याड प्राप्त गर्न सक्नेछन् भने प्रयोग भइसकेका प्याडहरूलाई सुरक्षित र वातावरणमैत्री तरिकाले विसर्जन (डिस्पोज) गर्न पनि मद्दत पुग्नेछ।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक भण्डारी, बैंकका अन्य प्रतिनिधिहरू, क्याम्पस प्रशासनका पदाधिकारीहरू, शिक्षक तथा उल्लेख्य संख्यामा छात्राहरूको उपस्थिति रहेको थियो। बैंकको यस प्रशंसनीय कार्यले छात्राहरूको शैक्षिक निरन्तरता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै क्याम्पस परिवारले बैंकप्रति आभार प्रकट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech