संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, चैत २५ – दोधारा चाँदनी नगरपालिका वडा नं. २ का खेलाडीहरूले अन्तरपालिका फुटबल प्रतियोगितामा उपविजेता बनेपछि प्राप्त ट्रफी वडा कार्यालयलाई हस्तान्तरण गरेका छन्।

चैत २४ गते लक्ष्मी मा.वि.को मैदानमा सम्पन्न खुला पुरुष फुटबल प्रतियोगितामा उपविजेता बनेको वडा नं. २ ले आज विशेष समारोहबीच उक्त ट्रफी वडा अध्यक्ष पदम रावललाई हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष रावलले स्थानीय युवाहरूमा खेलकुदप्रति जागरुकता र रुचि बढ्दै गएकोमा खुशी व्यक्त गर्दै भने, “यस्ता प्रतियोगिताले युवालाई अनुशासन, एकता र सहकार्यको भावनासहित शारीरिक र मानसिक रुपमा सबल बनाउन मद्दत गर्छ।”

उनले नियमित रूपमा यस्ता गतिविधिहरू आयोजना गर्दै सामुदायिक स्तरमा खेलकुद पूर्वाधार र कार्यक्रमहरू विस्तार गर्नु आवश्यक रहेको बताए।

उक्त प्रतियोगिताको उपाधि वडा नं. ६ ले जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech