संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ पटरा खल्ला नजिक नेपाल–भारत सीमा क्षेत्रमा नयाँ सीमा स्तम्भ निर्माण भइरहेको क्रममा समाचार सङ्कलन गर्न पुगेका पत्रकारलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रिपोर्टिङमा अवरोध गरेको छ।

दोधारा चाँदनी खबरका पत्रकार भुपेन्द्र ओली सीमा सर्वे टोलीको उपस्थितिमा भइरहेको सीमा स्तम्भ निर्माणको फोटो तथा भिडियो खिचिरहेका बेला एसएसबीका सुरक्षाकर्मीले ती सामग्री मेटाउन लगाएको हो। एसएसबीले “यो गोप्य विषय हो, निर्माण सम्पन्न भएपछि मात्र जानकारी लिनुहोस्” भन्दै पत्रकारलाई रिपोर्टिङ गर्न नदिएको हो ।

यस विषयमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले पत्रकारलाई त्यसरी रोक लगाउनु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। उनका अनुसार सीमा क्षेत्रमा भइरहेको यस्ता सार्वजनिक महत्वका गतिविधिबारे सञ्चार माध्यमले समाचार सङ्कलन गर्नु स्वाभाविक विषय हो।

सीमा स्तम्भ निर्माण नेपाल र भारतबीचको साझा चासो तथा सार्वजनिक महत्वको विषय भएकाले यसबारे स्थानीय नागरिक र सञ्चार माध्यमलाई जानकारी हुनुपर्ने आवाज पनि उठेको छ।

उक्त क्षेत्रका वडा अध्यक्ष हरि सिंह धनाडीसँग सीमा स्तम्भ निर्माणबारे प्रतिक्रिया माग्दा उनले यस विषयमा आफूलाई पर्याप्त जानकारी नभएको बताएका छन्।

स्थानीयका अनुसार एसएसबीका सुरक्षाकर्मीले त्यहाँ उपस्थित स्थानीय बासिन्दासँग समेत “तपाईंहरूलाई यहाँ कसले बोलाएको हो?” भन्दै प्रश्न गरेका थिए। यस घटनाले सीमा क्षेत्रमा सूचना सङ्कलनको स्वतन्त्रता र सार्वजनिक चासोका विषयमा थप बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech