संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, काठमाडाैं — नेपाल शिक्षक महासंघ केन्द्रीय आन्दोलन समितिको आह्वानमा मुलुकभर जारी शिक्षकमैत्री आन्दोलन अन्तर्गत दोधारा चाँदनी नगर क्षेत्रका २२ जना शिक्षक तथा कर्मचारी काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलनमा सहभागी भएका छन्।

नगरका विभिन्न सामुदायिक विद्यालयहरूबाट सहभागी शिक्षकहरू महासंघका अध्यक्ष उदय रावतको नेतृत्वमा चैत १९ गते काठमाडौं प्रस्थान गरी आन्दोलनमा नियमित र सक्रिय भूमिका खेलिरहेका छन्।

शिक्षकहरूले उठाएका मुख्य मागहरूमा निम्न विषयहरू प्रमुख छन्:
संविधानको मर्मअनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने
शिक्षा क्षेत्रको दिगो विकास गर्ने नीति निर्माण
पुरानो शिक्षा ऐन २०२८ को स्थानमा नयाँ विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्ने

शिक्षक महासंघले सरकारलाई पटक–पटक आग्रह गरे पनि माग सम्बोधनमा ढिलासुस्ती भएकाले देशभर आन्दोलन चर्किएको छ। आन्दोलनमा सहभागी शिक्षकहरू काठमाडौंमा विविध कार्यक्रम, जुलुस तथा धर्ना प्रदर्शनमा जुटिरहेका छन्।

स्थानीय तहका शिक्षक, अभिभावक तथा सरोकारवालाहरूले पनि शीघ्र समाधानको माग गर्दै दुबै पक्षलाई संवाद र सहकार्यको मार्ग लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech