संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर । भीमदत्त नगरपालिका ले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई प्रेस ज्याकेट र प्रेस क्याप हस्तान्तरण गरेको छ ।

मंगलबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पदम बोकटी, उपप्रमुख निलम लेखक जोशी तथा प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बम ले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश धामी र सचिव कुन्दन पाण्डेय लाई प्रेस ज्याकेट तथा क्याप हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाको आर्थिक सहयोगमा महासंघलाई १०० थान प्रेस ज्याकेट र १०० थान प्रेस क्याप उपलब्ध गराइएको महासंघ अध्यक्ष धामीले जानकारी दिए । पत्रकारहरुको पहिचान, पेशागत सुरक्षा तथा समाचार संकलनका क्रममा सहजताका लागि उक्त सामग्री सहयोग गरिएको जनाइएको छ ।

नगर प्रमुख पदम बोकटीले पत्रकारहरु समाजका महत्वपूर्ण सूचनावाहक र लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरुको सुरक्षालाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए ।

“पत्रकारहरु कुनै पनि घटना, दुर्घटना, विपद्, आन्दोलन तथा जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्नुहुन्छ,” उनले भने, “त्यसैले पत्रकारको स्पष्ट पहिचान र पेशागत सुरक्षाका लागि प्रेस ज्याकेट तथा क्याप आवश्यक महसुस गरेर सहयोग गरेका हौं ।”

उपप्रमुख निलम लेखक जोशीले निष्पक्ष, जिम्मेवार र जनपक्षीय पत्रकारिताले समाजलाई सही दिशा दिने बताउँदै स्थानीय सरकार र सञ्चारमाध्यमबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राखिन् ।

उनले पत्रकारहरुको क्षमता अभिवृद्धि र सशक्तिकरणमा समेत नगरपालिकाले आगामी दिनमा सहकार्य गर्ने बताइन् ।

महासंघ अध्यक्ष सुरेश धामीले पत्रकारहरुको पेशागत सुरक्षालाई मध्यनजर गर्दै सहयोग गरेकोमा भीमदत्तनगरपालिका प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकास, तालिम, प्रविधि व्यवस्थापन तथा मिडिया प्रवर्द्धनका क्षेत्रमा यस्तै सहकार्यको अपेक्षा रहेको बताए ।

“सशक्त र जिम्मेवार पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार हो,” उनले भने, “त्यसैले सञ्चार क्षेत्रलाई मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक छ ।”

उनले अन्य स्थानीय तहहरुलाई समेत पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र सञ्चार क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech