संवेग न्यूज
ट्रेण्डिङ

दोधारा– दोधारा चाँदनी नगरपालिकामा शिक्षक सरूवा विषयमा विवाद बढ्दै जाँदा नगर प्रमुखले उक्त निर्णय आवश्यकता र औचित्यका आधारमा गरिएको बताएका छन्। उनले सरूवा कुनै व्यक्तिगत पूर्वाग्रह वा दबाबका कारण नभएको स्पष्ट पारे।
नगर प्रमुखका अनुसार विद्यालयको शैक्षिक अवस्था कमजोर देखिएकाले सुधारका लागि शिक्षक व्यवस्थापन आवश्यक भएको हो। कक्षा ८ को नतिजा ०८१ मा शून्य र ०८२ मा पाँच जना मात्र उत्तीर्ण भएको तथ्यले सुधारको आवश्यकता देखाएको उनको भनाइ छ।
अभिभावकबाट सरूवा रोक्न दबाब आएको विषयमा उनले हस्ताक्षर संकलन प्रक्रिया नै शंकास्पद रहेको संकेत गर्दै वास्तविकता बुझेर निर्णय गर्नुपर्ने बताएका छन्।
नगरपालिकाले शिक्षा सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ।

नगर प्रमुखले ति शिक्षकको मान भने खोलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech