कञ्चनपुर- कञ्चनपुर सरकारी जमिन अतिक्रमण बढ्दै गएको भन्दै कम्युनिस्ट युवा संगठन नेपाल (जिल्ला समिति कञ्चनपुर) ले औपचारिक ध्यानाकर्षण पत्र जारी गर्दै तत्काल कारबाहीको माग गरेको छ।
संगठनले भीमदत्त नगर विकास समितिअन्तर्गतको ६३८ विगाहा ८ कट्ठा १३ धुर सरकारी जमिनमा अवैध कब्जा, लिजको नाममा अनियमितता तथा संरचना निर्माण भइरहेको आरोप लगाएको छ। पत्रमा जिल्लाभरि नै सरकारी जमिन अतिक्रमणको समस्या फैलिँदै गएको उल्लेख गर्दै यस्ता सबै अतिक्रमण तुरुन्त हटाउनुपर्ने स्पष्ट माग गरिएको छ।
पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै संगठनले राज्यको उदासीनतामाथि प्रश्न उठाएको छ। यसले सरकारी सम्पत्ति संरक्षणमा गम्भीर लापरबाही देखिएको आरोप पनि लगाइएको छ।
साथै कञ्चनपुरका सांसद, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायलाई तत्काल हस्तक्षेप गरी अवैध संरचना हटाउन र अतिक्रमण नियन्त्रण गर्न कडा कदम चाल्न आग्रह गरिएको छ।
माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिँदै संगठनले सरकारी जमिन संरक्षणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई सचेत गराएको छ।
ताजा समाचार
लोकप्रिय
ETC Media
news@sambegnews.com
+977 9858036370
ETC Media
news@sambegnews.com
+977 9858036370
ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९
प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९
हाम्रो टिम
पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd.
मोबाइल: +977 9858036370
इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved. |
Design and Developed by: Imagine Infotech

