संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी-कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज सम्पन्न मतदानमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। नगरपालिकाभर रहेका १६ वटा मतदान केन्द्रबाट हालसम्म कुल १५ हजार ५७५ मत खसेको विवरण प्राप्त भएको छ।

नगरपालिकाको कुल मतदाता संख्या २७ हजार ६१७ रहेको छ। यस आधारमा दोधारा चाँदनीमा करिब ५६ दशमलव ३८ प्रतिशत मतदान भएको देखिएको छ।

सबैभन्दा बढी मत दोधारा चाँदनी नगरपालिका–१ स्थित महाकाली आधारभूत विद्यालयमा १ हजार ७४८ खसेको छ। त्यसैगरी वडा नं. ८ जनज्योति माध्यमिक विद्यालयमा १ हजार ४५४, वडा नं. ६ भानु माध्यमिक विद्यालयमा १ हजार ४४३, वडा नं. ७ लक्ष्मी माध्यमिक विद्यालयमा १ हजार ३८८ र वडा नं. ५ भानु बहुमुखी क्याम्पसमा १ हजार २९ मत खसेको छ।

अन्य केन्द्रहरूको विवरण यसप्रकार छः
वडा नं. २ कालिका आधारभूत विद्यालयमा ९८२, वडा नं. २ कै वडा कार्यालय केन्द्रमा ५०३, वडा नं. ३ शंकर पार्वती आधारभूत विद्यालयमा ८२९, वडा नं. ३ सनसाइन केन्द्रमा ८७७, वडा नं. ४ मालिका आधारभूत विद्यालयमा १ हजार ५१, वडा नं. ४ शारदा सरस्वती माध्यमिक विद्यालयमा ६४३, वडा नं. ७ पूर्णागिरि आधारभूत विद्यालयमा ६९३, वडा नं. ९ अम्बिका माध्यमिक विद्यालयमा ८८२, वडा नं. ९ सृजना आधारभूत विद्यालयमा ५५६, वडा नं. १० ओमकार आधारभूत विद्यालयमा ७३३ र वडा नं. १० नो भ्वाइस केन्द्रमा ७६४ मत खसेको छ।

मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भएको जनाइएको छ। दिनभर मतदाताको बाक्लो उपस्थिति देखिएको थियो। अन्तिम विवरण आउन बाँकी रहेकाले मतदान प्रतिशतमा सामान्य हेरफेर हुन सक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech