संवेग न्यूज
ट्रेण्डिङ

दोधारा–चाँदनी। नेपाल मगर संघ दोधारा चाँदनी नगर समितिको आयोजनामा सम्पन्न माघी मिलन महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। मगर समुदायको महान् पर्व माघीको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सभापतित्व नेपाल मगर संघ दोधारा चाँदनी नगर समितिकी अध्यक्ष पार्वती देवी मगरले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहभागी हुनुहुन्थ्यो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा दोधारा चाँदनी नगर प्रमुख किशोर लिम्बु र नगर उपप्रमुख गंगा जोशीको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले मन्तव्य राख्दै माघी पर्वले आदिवासी जनजातिको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँहरूले यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन अभि रानाले गर्नुभएको थियो। महोत्सवमा आदिवासी जनजातिको कला, संस्कृति र मौलिक पहिचान झल्किने विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति देखाइएको थियो, जसले दर्शकको मन जितेको थियो।

माघी मिलन महोत्सवले समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक संरक्षणको सन्देश दिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech