संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी-कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद तथा जलवायु जोखिम व्यवस्थापन रणनीति प्रमाणीकरणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। युनिसेफ नेपाल र NNSWA नेपालको प्राविधिक सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको आयोजनामा शुक्रबार नगरपालिकाको सभाहलमा उक्त कार्यशाला आयोजना गरिएको हो।

कार्यशालामा जलवायु तथा विपद जोखिम व्यवस्थापन रणनीति योजना, बालबालिका जलवायु जोखिम सूचकांक तथा बालमैत्री पूर्वसूचना प्रणाली स्रोत पुस्तिका प्रमाणीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। बदलिँदो जलवायुका कारण उत्पन्न जोखिम, प्राकृतिक विपद् न्यूनीकरण तथा बालबालिकालाई केन्द्रमा राखेर सुरक्षित र पूर्वतयारीमूलक योजना निर्माण गर्न कार्यशाला महत्वपूर्ण रहेको सहभागीहरूको धारणा थियो।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश, युनिसेफ नेपाल, NNSWA नेपाल, नगरपालिकाका सरोकारवाला निकाय, नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारी, बालबालिका तथा युवा क्लबका प्रतिनिधि र सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य गरी करिब ४० जनाको सहभागिता रहेको थियो।

कार्यशालामा दोधारा चाँदनी नगरपालिकाको तर्फबाट विपद् व्यवस्थापन शाखा प्रमुख अमृत बी.क. ले नगरपालिकाले हालसम्म जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा गरेका प्रयास, अपनाइएका नीति, विद्यमान चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभयो। त्यस्तै, जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख संजय शाहले पूर्वसूचना प्रणालीको वर्तमान अवस्था, दोधारा चाँदनी नगरपालिकाको जोखिम अवस्था तथा भविष्यमा आवश्यक सुधार र तयारीबारे जानकारी गराउनुभयो।

प्रस्तुतीकरणपछि भएको छलफल तथा सुझाव सत्रमा संघीय र प्रदेशस्तरीय मन्त्रालयका प्रतिनिधिहरूबाट महत्वपूर्ण सुझाव संकलन गरिएको थियो। सहभागीहरूले स्थानीय तहमा बालमैत्री र समावेशी विपद् व्यवस्थापन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यशालाको निष्कर्षस्वरूप प्रस्तुत रणनीति, सूचकांक तथा स्रोत पुस्तिकालाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गरी औपचारिक रूपमा कार्यान्वयनमा लैजाने सहमति भएको छ। नगरपालिकाले आगामी दिनमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा आधारित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech