संवेग न्यूज
ट्रेण्डिङ

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि चर्चामा छ । चैत अन्त्यदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अहिले पनि कास्टिङ जारी छ । फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्नेछ । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी र रेयर राई कलाकारको रुपमा अनुबन्धित छन् । यो लाइनअपमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेता सुशांक मैनाली पनि जोडिएका छन् । मैनालीको यो ९ वर्षपछि फिल्ममा पुनरागमन हुनेछ ।

उनी पछिल्लोपटक फिल्म ‘जंगे’मा देखिएका थिए । त्यसअघि उनले ‘को आफ्नो’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘साँघुरो’मा अभिनय गरेका छन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । सुशांक प्रदर्शन तयारीमा रहेको फिल्म ‘भूठान’का निर्मातामध्येका एक हुन् । फिल्म प्रचारका लागि उनी यतिबेला काठमाडौंमा छन् । सन् २०१४ मा रिलिज भएको ‘साँघुरो’बाट उनले अभिनेता विधामा राष्ट्रिय चलचित्र अवार्ड जिते ।

मैनालीको प्रवेशले निर्माण टोलीलाई थप ऊर्जा मिलेको असोसियट निर्देशक मनीष राउतले बताए । यो फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई पेश गर्नेछ । फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । यो फिल्मको प्रदर्शन आगामी तीजको अवसरमा भदौ १० गतेलाई तय गरिएको छ ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्मको पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । छायांकन चैत २५ गतेदेखि ४० दिनको सेड्युल अनुसार पाल्पा र काठमाडौंमा गरिनेछ । लगानीकर्ता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।

News Source click here

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech