संवेग न्यूज
ट्रेण्डिङ

प्रमुख प्रशासकीय अधिकृत खेमराज खत्रीको ७५ दिनमै सरुवा

दोधारा चाँदनी- दोधाराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज खत्रीको सरुवासँगै नगरपालिका फेरि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार खत्रीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको हो।

उपसचिव खत्री करिब ७५ दिनअघि (भदौ १२ गते) मात्र दोधाराचाँदनीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिएका थिए। छोटो अवधिमै गरिएको सरुवाले नगरवासी र कर्मचारीबीच विभिन्न प्रश्न उठाएको छ। “के कारणले यति छोटो समयमा फेरि सरुवा भयो?” भन्ने जिज्ञासा स्थानीय तहमा व्यापक बनेको छ।

नगरमा लामो समयदेखि स्थायित्व नआउनु, प्रमुख प्रशासकीय अधिकृतको बारम्बार परिवर्तन र निर्णय प्रक्रियामा देखिने ढिलासुस्तीले प्रशासनिक कार्यसम्पादनमा असर पर्ने स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर
ताजा समाचार
लोकप्रिय
ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उ
उदय राज हमाल
फोटो पत्रकार
अ
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech