संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर, कार्तिक — लुम्बिनी रायडर्सले उत्कृष्ट प्रदर्शन गर्दै पोखरा फाल्कोन्सलाई पराजित गर्दै सेमिफाइनलमा ७ विकेटको शानदार जित दर्ता गरेको छ।

१० ओभरको छोटो फर्म्याटमा खेलेको खेलमा पोखरा फाल्कोन्सले पहिले ब्याटिङ गर्दै १० ओभरमा ७ विकेट गुमाएर ७२ रनको योगफल तयार पारेको थियो। फाल्कोन्सका तर्फबाट सन्दीप जुंग शाहीले २५ बलमा २८ रन र सुनिल दौल्यालले १२ बलमा २२ रन जोडे।

बलिङतर्फ लुम्बिनी रायडर्सका रुपेश कुर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिँदै मात्र ४ रन खर्चिए भने सुमित कुमार झा, अहमद हुसेन र दिप नारायण सिंहले पनि १–१ विकेट हात पारे।

७३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको लुम्बिनी रायडर्सले ७.३ ओभरमै खेल आफ्नो पक्षमा पारेको हो। रायडर्सका राहत हुसेन शेखले १८ बलमा ३५ रनको आक्रामक पारी खेले भने साजन बिटालुले अन्तिम क्षणमा छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए। उनले ९ बलमा १९ रनको योगदान दिए।

पोखरा फाल्कोन्सका बलरहरू मध्ये सुनिल दौल्याल र सुरज बोहराले १–१ विकेट लिएका थिए।

अन्तिम ओभरमा साजन बिटालुको विजयी छक्कासँगै लुम्बिनी रायडर्स फाइनलमा प्रवेश गर्न सफल भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech