संवेग न्यूज
ट्रेण्डिङ

दोधारा चाँदनी, भारतको मेलाघाट क्षेत्रमा तरकारी खरिदका क्रममा नेपाली र भारतीय व्यापारीबीच विवाद उत्पन्न भएपछि स्थिति केही समयका लागि तनावपूर्ण बनेको थियो। उक्त विवादका क्रममा भारतीय पक्षले नेपाली नागरिकमाथि हातपातसमेत गरेको बताइएको छ।

विवादपछि दुवै पक्षबीच आवागमन रोक्ने प्रयास भइरहेका थिए भने शनिबार उक्त घटनाले उग्र रूप लिँदै भारतीय पक्षले नेपालीहरूलाई भारत प्रवेशमा पूरण प्रतिबन्ध लगाएको थियो।

तर, शनिबार दिउँसो नेपाली र भारतीय सुरक्षा निकाय तथा जनप्रतिनिधिहरूबीचको समन्वयपछि दुवै पक्षबीच सहमति भएर समस्या समाधान गरिएको छ।

नेपालतर्फबाट दोधारा चाँदनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनी, तर कञ्चनभोज बीओपीका प्रमुख कृष्ण धामी, दोधारा चाँदनी नगरपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र बाहेक क्षेत्री, सदस्य सन्दीप उपाध्याय र वडा सदस्य भरत नेपालीले दुवै पक्षलाई राखी सहमतिको माध्यमबाट समस्या समाधान गरेका हुन्।

त्यस्तै, भारततर्फबाट उधमसिंहनगर झंकैया थाना प्रमुख देवेन्द्र गौरव तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधिहरू उपस्थित थिए।

समाधानपछि प्रहरी निरीक्षक कृष्ण सोनीले भने, दुवै पक्षको उपस्थिति र सहमतिका साथ समस्या समाधान भएको छ। अब यस्ता गतिविधि दुवै पक्षबाट नदोहरिने गरी सहमति भएको छ।”

त्यसैगरी, झंकैया थाना प्रमुख देवेन्द्र गौरवले भने, बीचमा समस्या केही जटिल बनेको थियो, तर आज दुवै पक्षका प्रतिनिधिहरू बसेर कुरा गर्दा सहमतिको माध्यमबाट समाधान गरिएको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech