संवेग न्यूज
ट्रेण्डिङ

कञ्चनपुर । जिल्लाको प्रमुख स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पतालमा देखिएका अनियमितता, सेवा अभाव र प्रशासनिक बेथितीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

पार्टीका अनुसार अस्पतालले केही राम्रा पहल गरे पनि पछिल्ला दिनमा जनगुनासा बढ्दै गएपछि जिल्ला कार्यालयले गम्भीर चासो जनाएको हो। पार्टीले अस्पताल प्रशासनसँग मौखिक छलफल गर्दै लेखित ज्ञापनसमेत बुझाउँदै सात दिनभित्र माग सम्बोधन नभए कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको छ।

ध्यानाकर्षण पत्रमा उठाइएका मुख्य बुँदाहरूमा —

लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा नआएको र तत्काल पुनःसञ्चालन गर्नुपर्ने,

औषधि अभावका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको,

करार कर्मचारीबीच सेवासुविधामा भेदभाव गरिएको,

निड्स नेपालसँगको सम्झौता सकिएपछि पनि कानूनी प्रक्रिया मिचेर कर्मचारी नियुक्त गरिएको,

स्वास्थ्य बीमा अन्तर्गतका सेवा (ईको, ईन्डोस्कोपी, युएसजी आदि) महँगो दरमा लिइएको,

नयाँ सञ्चालनमा आएको सीटी–स्क्यान सेवामा प्राविधिक समस्या देखिएको र बीमा सुविधा नदिइएको,

अस्पतालभित्र राजनीतिक प्रभावमा पद दुरुपयोग र हस्तक्षेप भएको,

प्रशासनका कर्मचारीले ओभरटाइम र भत्ता दुरुपयोग गरेको,

कन्सल्टेन्ट डाक्टरहरू इमर्जेन्सीमा अनुपस्थित हुने,

चिकित्सकहरूले कार्यालय समयमा ढिलाइ गर्ने र चाँडो निस्कने,केही कर्मचारीले ई–हाजिर प्रणालीको दुरुपयोग गर्ने,र केही पूर्व जनप्रतिनिधिलाई कानूनी प्रक्रिया विपरीत नियुक्ति गरिएको जस्ता बुँदाहरू समावेश छन्।

पार्टीले अस्पताल प्रशासनले समस्या समाधानमा तत्परता नदेखाएमा जनस्तरको आन्दोलन अघि सारिने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ETC Media news@sambegnews.com +977 9858036370 ETC Media news@sambegnews.com +977 9858036370
logo ई. टि. सि. मिडिया प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं.: ३०३५-२०७८/०७९ प्रेश काउन्सिल दर्ता नं.: २७०-२०७८/०७९

हाम्रो टिम

पु
पुष्प राज हमाल
संस्थापक तथा सञ्चालक
दि
दिपेन्द्र चौधरी
सम्पादक
मि
मिना कुमारी शाही
समाचार संयोजक
रा
राधिका तिवारी
संवाददाता
उदय राज हमाल
फोटो पत्रकार
update
संवाददाता
AD
ETC MEDIA Khabar Media Pvt. Ltd. मोबाइल: +977 9858036370 इमेल: newssambeg@gmail.com
Copyright © 2026 Sambeg News Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech